सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन्।
अन्तिम मतपरिणाम अनुसार सिंहले ३५ हजार ६८८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २२ हजार ८३८ मत प्राप्त गरेका छन्। सिंहले मतगणनाको सुरुवातदेखि नै निरन्तर अग्रता कायम राखेका थिए।
त्यस्तै नेकपा (एमाले)का उम्मेदवार अमनिशकुमार यादवले ९ हजार ३४३ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रजनिश राय यादवले १ हजार ४०१ मत पाए। जनमत पार्टीका उम्मेदवार राकेश मिश्राले १ हजार ५७२ मत प्राप्त गरेको निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेले जानकारी दिएका छन्।
यस निर्वाचन क्षेत्रमा कुल १ लाख २१ हजार १२ मतदाता रहेकामा ७७ हजार ९३१ मत खसेको थियो।
प्रतिक्रिया