+
Search

ताजा अपडेट +

पपुलर +

सडकमा पुस्तक नबेच्न महावीर पुनलाई पोखराका मेयरको आग्रह

शब्द-यात्रा
२०८२ फागुन २७, बुधबार

काठमाडौँ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महावीर पुनलाई फुटपाथमा पुस्तक बिक्री नगर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै मेयर आचार्यले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य पुनलाई पुस्तक बिक्रीलाई व्यवस्थित बनाउन पुस्तक व्यवसायी महासंघमार्फत सहकार्य गर्न प्रस्ताव समेत गरेका हुन् ।

आचार्यले पुनले अनुसन्धान र नवप्रवर्तनका लागि देशभर घुमेर पुस्तक बिक्री गर्दै जनसमर्थन जुटाइरहेको कार्य सराहनीय भएको उल्लेख गरेका छन् । तर आवश्यक दर्ता वा अनुमतिविना सार्वजनिक स्थानमा पुस्तक बिक्री–वितरण गर्दा कानुनी जटिलता उत्पन्न हुन सक्ने उनले बताएका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा