+
Search

ताजा अपडेट +

पपुलर +

रबिको मुद्दा फिर्ताविरुद्धको रिट सर्वोच्चको पूर्ण इजलासमा लैजाने आदेश

शब्द-यात्रा
२०८२ फागुन २७, बुधबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिट अब सर्वोच्च अदालतको पूर्ण इजलासमा लैजाने आदेश भएको छ ।

बुधबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता आभास रेग्मी र युवराज सफल लगायतले दायर गरेको छुट्टाछुट्टै रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै उक्त मुद्दा सर्वोच्चको पूर्ण इजलासमा पठाउने आदेश गरेको हो ।

यसअघि महान्यायाधिवक्ता कार्यालयले रबिमाथिको अभियोग संशोधन गर्दै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा नचलाउने निर्णय गरेको थियो । महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले रिट दायर गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा