+
Search

ताजा अपडेट +

पपुलर +

महेश बस्नेतविरुद्ध सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दर्ता

शब्द-यात्रा
२०८२ फागुन २७, बुधबार

काठमाडौँ । महेश बस्नेत विरुद्ध सर्वोच्च अदालत मा अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर गरिएको छ।

बुधबार अधिवक्ता लवन न्यौपाने ले बस्नेतले न्यायपालिका र न्यायाधीशहरूलाई मानमर्दन हुने गरी सार्वजनिक अभिव्यक्ति दिएको आरोप लगाउँदै मुद्दा दर्ता गराएका हुन्।

बस्नेतले प्रतिनिधि सभा पुनःस्थापना सम्बन्धी मुद्दाको प्रसंगमा न्यायाधीशहरूबारे विवादास्पद टिप्पणी गरेको निवेदनमा उल्लेख गरिएको छ। रिट निवेदन अनुसार उनले प्रधानन्यायाधीशसहित न्यायाधीशहरू “नलागेको रोग लागेर गायब हुने”, “न्यायिक प्रक्रियालाई आतंकित बनाउने” तथा “शक्ति सामु डराउने” जस्ता आरोप लगाएका थिए।

त्यसैगरी बस्नेतले सार्वजनिक रूपमा नेपालको न्याय प्रणाली नै “जलेको” र अदालतहरू वैदेशिक आक्रमणमा परेको जस्ता अभिव्यक्ति दिएको भन्दै अदालतको प्रतिष्ठामा आँच पुर्‍याएको दाबी निवेदक पक्षको छ।

विचाराधीन मुद्दामा प्रभाव पार्ने गरी यस्ता अभिव्यक्ति दिनु न्यायपालिकाको गरिमा विपरीत भएको जिकिर गरिएको छ। यस विषयमा प्रारम्भिक सुनुवाइका लागि सर्वोच्च अदालतले आगामी चैत १ गतेको मिति तोकेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा