+
Search

ताजा अपडेट +

पपुलर +

समानुपातिक उम्मेदवार टुंग्याउन रास्वपाको सचिवालय बैठक आज

शब्द-यात्रा
२०८२ फागुन ३०, शनिबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ।

बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिसबारे छलफल हुने बताइएको छ।

पार्टी सभापति रवि लामिछाने को निर्देशनअनुसार बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए। उनका अनुसार बैठकको समय र स्थान भने अझै तय भइसकेको छैन।

बैठकमा समानुपातिक उम्मेदवार सिफारिससँगै विभिन्न समसामयिक विषयमा पनि छलफल हुने जनाइएको छ।

साथै, वरिष्ठ नेता बालेन शाह लाई प्रधानमन्त्री बनाउने बाटो खुल्नेगरी पार्टी विधान संशोधनबारे पनि बैठकमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा