काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक चैत १ गते आइतबार दिउँसो १ बजेका लागि बोलाएको छ ।
बैठक केन्द्रीय कार्यालय बीपी स्मृति भवन (बीपी नगर, ललितपुर) मा बस्ने छ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई सहभागिताका लागि निर्देशन दिइएको छ । बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्ये दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधि सभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने कांग्रेसले जनाएको छ।
प्रतिक्रिया