रोल्पामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ ।
रून्टीगढी गाउँपालिका वडा नं ७, मोतिखन्ने डाँडामा माटो खन्ने क्रममा ढिस्को खस्दा स्थानीय खाक्सिवन निवासी ४९ वर्षीया निर्मला बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर लिप्नका लागि माटो लिन गएका बुढाथोकीको घटनास्थलमै मृत्यु भएको हो । मृतक बुढाथोकीसँगै माटो लिन गएका ७ जनामध्ये अन्य तीन जना घाइते भएका छन् । घाइतेहरूमा खास्किवन निवासी २८ वर्षीया एलिना पुन, ३८ वर्षीया शान्ति पुन र ४९ वर्षीया पार्वती पुनमगर रहेको प्रहरीको भनाइ छ ।
घाइते सबैको अवस्था मध्यम रहेको बताइएको छ ।
प्रतिक्रिया