चितवनको माडी नगरपालिकाले पालिकाभित्र रहेको जमिनलाई ७ भागमा वर्गीकरण गरेको छ ।
स्थानीय भू–उपयोग परिषद् माडी नगरपालिकाले भू–उपयोग ऐन २०७६ र नियमावली २०७९ अनुसार जमिनको वर्गीकरण गरेको हो ।
नगरपालिका २१ हजार ८२४ दशमलब ४४ हेक्टरमा फैलिएकामा १२ हजार ९७५ दशमलब ७५ हेक्टर जङ्गलले ओगटेको छ । ६ हजार ५३५ दशमलब ०७ हेक्टर कृषियोग्य रहेको छ । सार्वजनिक जमिन ३१५ दशमलब ५२ हेक्टर, आवासीय जमिन एक हजार ९१८ दशमलब ८७ हेक्टर, व्यावसायिक जमिन ५९ दशमलब ९३ हेक्टर, औद्योगिक क्षेत्र १० दशमलब ०२ हेक्टर र संस्कृतिक जमिन ९ दशमलब ३१ हेक्टर रहेको छ ।
पालिकाले गरेको जग्गाको वर्गीकरणबारे चित्त नबुझे भू–उपयोग कार्यान्वयन निर्देशिका २०८१ को खफा २८ को उपदफा २ बमोजिम निवेदन पेस गर्न सूचना जारी गरिएको छ । जग्गा धनीले भू-उपयोग वर्गीकरणमा चित्त नबुझाएर निवेदन दिएमा त्यस्ता निवेदनमाथि अध्ययन गरी पुनःविचार गरिने बताइएको छ ।
प्रतिक्रिया