+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौँमा हावाहुरी र गड्याङगुडुङसहित वर्षा

शब्द-यात्रा
२०८२ चैत २, सोमबार

काठमाडौँ । काठमाडौँ उपत्यकामा सोमबार साँझ हावाहुरी र गड्याङगुडुङसहित वर्षा भएको छ। केही समयदेखि उपत्यकामा बढिरहेको वायु प्रदूषणबीच परेको वर्षाले वातावरण सफा हुने अपेक्षा गरिएको छ।

पछिल्ला केही दिनयता काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्रा बढ्दै गएको थियो। सोमबार साँझ परेको वर्षासँगै प्रदूषणको स्तर केही घट्ने अनुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। सोही प्रणालीका कारण मौसममा परिवर्तन देखिएको विभागले जनाएको छ।

विभागका अनुसार आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा अन्य हिमाली भेगका एक–दुई स्थानमा गड्याङगुडुङ र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा