काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मन्त्रिमण्डलमा कसलाई पठाउने र नपठाउने भन्ने अहिलेसम्म कुनै निर्णय नगरिएको बताएका छन् ।
पार्टीका सांसदहरूको दुई दिने अभिमुखीकरण कार्यक्रमको समापन समारोहलाई बुधबार सम्बोधन गर्दै लामिछानेले पार्टीले सही निर्णय गर्ने र मन्त्रीका लागि कसैले पनि कसैलाई भनिरहनु नपर्ने बताएका हुन् ।
‘तपाईँहरूमध्ये यो हलमा भएको कोही न कोही साथीहरू मन्त्रालय सम्हाल्ने साथीहरू हुनुहुन्छ । तर, कृपया मन्त्री बनाइदिनुस् भनेर या मिडिया ट्रायलमा म फलानो मन्त्री भनेर त्यस्तो चिजलाई बन्द गर्नुहोला’, लामिछानेले भने ।
प्रतिक्रिया