काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार यही चैत ६ गते शुक्रबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ चैत ६ गते शुक्रबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशनअनुसार अनुरोध गरिन्छ ।’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया