काठमाडौँ । बागलुङ नगरपालिका– ४, रातमाटामा बोलेरो जिप दुर्घटना भएको छ ।
मध्यपहाडी लोकमार्गकोे सडकमा गलकोट नगरपालिकाबाट बागलुङ बजारतर्फ जाँदै गरेको लु३च ५१५० नम्बरको बोलेरो जिप दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् ।
जिप अनियन्त्रित भई सडकको बायाँ साइडको नालीमा पल्टिदा गाडीका चालक गलकोट नगरपालिका– ३ का २५ वर्षीय यादव खत्रीसहित सात जना घाइते भएका हुन् ।
गलकोट नगरपालिका– ९, टिमुरबोटका ५६ वर्षीय देवबहादुर केसी, गलकोट नगरपालिका– ३, हटियाकी ७३ वर्षीया दिलकुमारी सहनी, गलकोट नगरपालिका– ४, डाँडाखेतकी २६ वर्षीया सारदा खत्री, गलकोट नगरपालिका– ७, बामियाँका २४ वर्षीय रोशन थापा, गलकोट नगरपालिका– ३ नौबिसेटोलका ७३ वर्षीय कुलबहादुर सहनी र गलकोट नगरपालिका– ३ हटियाका २२ वर्षीय करण सहनी घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको धौलागिरी प्रादेशिक अस्पताल, बागलुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया