+
Search

ताजा अपडेट +

पपुलर +

संघीय संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

शब्द-यात्रा
२०८२ चैत ५, बिहीबार

काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक बोलाएको छ ।

सचिवालयले बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरेको हो ।

संसद्का महासचिव पद्मप्रसाद पाण्डेका अनुसार सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा बैठक बस्नेछ ।

फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा सिट जितेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा