+
Search

ताजा अपडेट +

पपुलर +

निर्वाचनपछि रक्तदानका कार्यक्रमहरू नहुँदा चितवनमा रगतको चरम अभाव

शब्द-यात्रा
२०८२ चैत ५, बिहीबार

चितवनमा रगतको चरम अभाव भएसँगै नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले रक्तदानका कार्यक्रम गरिदिन अपिल गरेको छ ।

शाखाका सभापति हरिप्रसाद पौडेलद्वारा जारी अपिलमा जिल्लाका अस्पतालमा उपचारार्थ आएका बिरामीहरूको उपचारका लागि समेत रगतको अभाव भएकाले रक्तदान गर्नका लागि अपिल गरिएको छ ।

निर्वाचनपछि रक्तदानका कार्यक्रमहरू नहुँदा जिल्लामा रगतको अभाव भएको अपिलमा उल्लेख छ । अहिले जिल्लामा दैनिक १५० हाराहारी यूनिट रगतको माग हुने गर्दछ ।

रक्तदानका कार्यक्रमहरू न्यून मात्र भएपछि माग अनुसार रगत पूर्ति हुन नसकेको हो । शाखाले सञ्चालन गरेको प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरमा र ठूला अस्पतालहरूमा रहेका एकाइहरूमा बिरामीका आफन्तहरू आएर रक्तदान गर्ने गरेका छन् । बाहिरबाट आएका बिरामीहरूको उपचार रगतका कारण रोकिन थालेको छ ।

केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार अहिले केन्द्रमा रगत नहुँदा बिरामीका आफन्त र स्वयमसेवी रक्तदाताहरूको सहयोगमा रगतको माग पूर्तिको प्रयास गरिँदै आएको छ ।

सुत्केरी र दुर्घटनाका घाइते सहितलाई गरिने शल्यक्रियाका क्रममा रगतको आवश्यक हुने गर्दछ । रक्तदानका कार्यक्रमहरू नगर्दा पनि रगतको अभाव भएको केन्द्रका प्रमुख पौडेलले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा