+
Search

ताजा अपडेट +

पपुलर +

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन

‘जेनजी आन्दोलन खोलामा, प्रतिवेदन झोलामा’

शब्द-यात्रा
२०८२ चैत ७, शनिबार

काठमाडौँ । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले आज पनि काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् ।

घाइते जेनजी नेपाल, राष्ट्रिय जेनजी जनएकता अभियान लगायतका युवाहरूको समूहले प्रदर्शन गरेका हुन् । उनीहरूले जाँचबुझ आयोगको प्रतिवेदन लुकाउन खोजिएको आशंका गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरूले जेनजी आन्दोलन खोलामा प्रतिवेदन बन्द झोलामा, कुन भ्रष्टलाई बेचिस् कार्की आयोगको प्रतिवेदन ?, कार्की आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर, जेनजीहरू नारामा आमा उता रारामा लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा