+
Search

ताजा अपडेट +

पपुलर +

अब राष्ट्रिय परिचयपत्र बनाउँदा छुट्टै फारम भर्न नपर्ने

शब्द-यात्रा
२०८२ चैत ८, आइतबार

काठमाडौँ । सरकारले केन्द्रीकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआबद्धता गरी सेवा प्रवाह शुरु गरेसँगै अब सेवाग्राहीले एउटै प्रकृतिका विवरणका लागि विभिन्न सरकारी निकायमा छुट्टाछुट्टै फारम भर्नुपर्ने नपर्ने भएको छ ।

गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्र बनाउन प्रारम्भिक विवरण दर्ता गर्न आवेदन फारामसहित बायोमेट्रिक विवरणका लागि जानुपर्ने अवस्थाको अन्त्य गरिएको जनाएको छ ।

आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुर प्रशासन कार्यालय पुगेर नयाँ व्यवस्थाको निरीक्षण गरेका छन् । सो क्रममा मन्त्री अर्यालले समान प्रकृतिका विवरणहरूको लागि समेत फरक फरक निकायका फरक फरक फाराम भर्नुपर्ने अवस्थालाई क्रमशः अन्त्य गर्दै जाने बताए ।

मन्त्री अर्यालले अहिले दैनिक ६ देखि ८ हजारको सङ्ख्यामा राष्ट्रिय परिचयपत्र बन्ने गरेकाले नयाँ व्यवस्थाबाट नागरिकलाई प्रत्यक्ष फाइदा हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा