चालु आर्थिक वर्षको साउनयता निकुञ्ज र आसपासका क्षेत्रमा १७ वटा गैंडा मरेका चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । तीमध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने बाँकी प्राकृतिक कारणले मरेका हुन् ।
यस आर्थिक वर्षमा गैंडासहित ५७ वटा वन्यजन्तु मरेका छन् । यस आर्थिक वर्षमा बाघ ४ वटा, हात्ती ३ वटा र १८ वटा चित्तल मरेका छन् ।
चितुवा, जरायो, मगर गोही तथा घडियाल गोही २–२ वटा, अजिङ्गर, सुन गोहोरो १–१ वटा र अन्य वन्यजन्तु ४ वटा मरेका छन् । ती वन्यजन्तु प्राकृतिक कारणले मरेका हुन् । ती वन्यजन्तुहरू दलदलमा फसेर, जुधेर, दुर्घटनामा परेर, बाघको आक्रमणमा परेरलगायत कारण मरेका हुन् ।
गत आर्थिक वर्षमा ८१ वटा वन्यजन्तु मरेका थिए ।
प्रतिक्रिया