+
Search

ताजा अपडेट +

पपुलर +

रवि लामिछानेको मुद्दा फिर्ता प्रकरणमा न्यायाधीश शर्मा र मुसलमानको इजलासमा सुनुवाइ हुँदै

शब्द-यात्रा
२०८२ चैत ९, सोमबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरणमा सोमबार सर्वोच्च अदालतमा सुनुवाइको पेसी तय भएको छ ।

न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा पेसी तय भएको हो ।

न्यायाधीशद्वय सुनीलकुमार पोखरेल र सारंगा सुवेदीको इजलासमा गत चैत १ गतेदेखि जारी बहसपछि आजका लागि सुनुवाइको पेसी तोक्न आदेश आएसँग सोहीअनुसार अहिले सुनुवाइको तयारी भइरहेको हो ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गर्दै आवश्यक प्रक्रियाका लागि सम्बन्धित जिल्लाका सरकारी वकिल कार्यालयलाई निर्देशन दिएपछि युवराज पौडेल, अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा