+
Search

ताजा अपडेट +

पपुलर +

राइड सेयरिङका १७५ चालकलाई कारबाही, यस्तो छ कारण

शब्द-यात्रा
२०८२ चैत ९, सोमबार

काठमाडौँ । राइड सेयरिङ सेवामा संलग्न १७५ जना चालकलाई कारबाही गरिएको छ । ट्राफिक प्रहरीले काठमाडौँमा सञ्चालन गरेको विशेष ‘चेकिङ’ अभियानअन्तर्गत उनीहरूलाई कारबाही गरेको हो ।

उपत्यकाका विभिन्न व्यस्त क्षेत्रमा गरिएको अनुगमनका क्रममा राइड सेयरिङ चालकले प्रचलित कानुन विपरीत सवारी सञ्चालन गरेको पाइएपछि कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरीले कार्यालयले जनाएको छ।

पछिल्लो समय उपत्यकामा राइड सेयरिङ सेवाको प्रयोग तीव्र रूपमा बढ्दै गएको र यससँगै अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने, मापदण्ड पूरा नगरी यात्रु ओसारपसार गर्ने तथा ट्राफिक नियमको बेवास्ता गर्ने प्रवृत्ति पनि बढेको देखिएकाले विशेष चेकिङ अभियान सञ्चालन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा परेका अधिकांश चालकले ‘अनलाइन प्लेटफर्म’को अनुमतिविना अफलाइन रूपमा सेवा सञ्चालन गरिरहेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा