काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुने तय छ ।
सोमबार न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा ‘हेर्दाहेर्दै’मा रहेको सुनुवाइलाई आज निरन्तरता दिइनेछ ।
यसअघि, यही चैत ५ गते न्यायाधीशद्वय शारंगा सुवेदी र सुनिलकुमार पोखरलेको इजलासमा मुद्दाको सुनुवाइ भएको थियो ।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिने निर्णयपछि कानुनी विवाद उत्पन्न भएको थियो ।
महान्यायाधिवक्ताको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल ‘सफल’ले रिट दायर गरेका थिए ।
प्रतिक्रिया