काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालयमा अहिले केहीबेरमा सुरु हुँदै छ ।
ललितपुरको सानेपामा रहेको केन्द्रीय कार्यालयमा केहीबेरपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत हुने ५ एजेन्डा तय गरिएको छ ।
बैठकले संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन गर्ने र १५ औँ महाधिवेशन तयारीबारे पनि बैठकमा छलफल हुने बताइएको छ । यसका साथै उम्मेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन र भ्रातृ संघ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समिति लगायतका एजेन्डा पनि रहेका एक नेताले बताएका छन् ।
गत शुक्रबारबाट सुरु भएको बैठकमा अनुपस्थित रहेका सभापति गगन थापा आज सानेपा पुगिसकेका छन् ।
प्रतिक्रिया