+
Search

ताजा अपडेट +

पपुलर +

ठमेलबाट पक्राउ परे युगान्डाका २० युवती

शब्द-यात्रा
२०८२ चैत ११, बुधबार

काठमाडौँ । काठमाडौँको ठमेलबाट २० युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

यौन धन्धालगायत अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा युगान्डाका उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

ठमेल घुम्न आउने पर्यटकलाई सार्वजनिक स्थलमा हैरानी दिने तथा पैसामा बार्गेनिङ गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । एसपी पवनकुमार भट्टराईका अनुसार उनीहरूलाई १२ दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा