काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई नेपालको प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।
प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको हैसियतमा उनलाई नेपालको संविधान २०७२ को धारा ७६(१) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरिएको हो।
संविधान जारी भएयता पहिलोपटक धारा ७६(१) को प्रयोग गर्दै प्रधानमन्त्री नियुक्त गरिएको हो, जसले नेपालको समसामयिक राजनीतिक इतिहासमा नयाँ अध्याय थपेको छ।
प्रतिक्रिया