काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त नेपाली प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)लाई बधाई ज्ञापन गरेका छन्।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत शुभकामना दिँदै शाहको नियुक्तिले नेपाली जनताले व्यक्त गरेको विश्वासलाई प्रतिबिम्बित गरेको उल्लेख गरेका छन्। उनले लेखेका छन् कि नेपालको प्रधानमन्त्री पदको जिम्मेवारी सम्हालेकोमा शाहलाई हार्दिक बधाई छ।
यससँगै, मोदीले नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउँदै पारस्परिक सहयोगलाई नयाँ उचाइमा पुर्याउन शाहसँग निकट सहकार्यको अपेक्षा पनि व्यक्त गरेका छन्।
शाह शुक्रबार नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।
प्रतिक्रिया