+
Search

ताजा अपडेट +

पपुलर +

कान्ति लोकपथमा पहिरो खस्दा हेटौँडा–काठमाडौं सडक अवरुद्ध

शब्द-यात्रा
२०८२ चैत १४, शनिबार

काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ गंगटेस्थित हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथमा पहिरो खस्दा सडक दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ।

शनिबार दिउँसोदेखि सडक माथिबाट अचानक पहिरो खस्दा सवारी आवागमन ठप्प भएको हो।

पहिरो खसेको स्थान इलाका प्रहरी कार्यालय ठिङ्गनबाट करिब ६ किलोमिटर पूर्व–उत्तरमा रहेको छ। पहिरो अहिले पनि निरन्तर खसिरहेका कारण तत्काल पन्छाउन सकिने अवस्था रहेको छैन । सडक अवरुद्ध भएपछि यस मार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन र यात्रुहरू प्रभावित भएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा