+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक मापसे र लापसे परीक्षण गर्न हर्कको माग

शब्द-यात्रा
२०८२ चैत १५, आइतबार

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक रूपमा मादक पदार्थ (मापसे) तथा लागुऔषध (लापसे) परीक्षण गर्नुपर्ने माग गरेका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले देशमा सुशासन कायम राख्न र जनस्वास्थ्यको हितका लागि यस्तो व्यवस्था अनिवार्य गरिनुपर्ने बताएका हुन्। साम्पाङले सरकारमा रहेका सबै उच्च पदाधिकारीहरूको नियमित जाँच हुनुपर्ने उल्लेख गर्दै सांसदहरूलाई पनि त्यसैमा समेट्नुपर्ने धारणा व्यक्त गरेका छन्।

उनले लेखेका छन् कि देशको स्वास्थ्य र पारदर्शिताका लागि प्रधानमन्त्रीदेखि सांसदसम्म सबैको दैनिक मापसे र लापसे परीक्षण अनिवार्य बनाइनु आवश्यक छ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा