काठमाडौँ । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार काठमाडौँको धुम्बाराहीबाट नियन्त्रणमा लिएको हो।
शर्मामाथि एक बालिकालाई लामो समयसम्म आफ्नै घरमा राखेर बालश्रम गराएको गम्भीर आरोप लागेको छ। यसअघि महानगरपालिका, वडा प्रतिनिधि र प्रहरीको संयुक्त टोलीले ती बालिकाको उद्धार गर्दै घटनास्थलको मुचुल्का तयार पारेका थिए।
यस घटनामा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले मुद्दा चलाउन नपर्ने रायसहित फाइल उच्च सरकारी वकिलको कार्यालयमार्फत महान्यायाधिवक्ताको कार्यालयमा पठाएको थियो।
तर, व्यापक दबाब र निरन्तर अनुसन्धानपछि प्रहरीले अन्ततः शर्मालाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रतिक्रिया