काठमाडौँ । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् ।
आज बिहान उनी काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तरराष्ट्रिय अस्पताल भर्ना भएका हुन् ।
नियमित जाँचका निम्ति शाह अस्पताल भर्ना भएको नर्भिक अस्पताल स्रोतले जनाएको छ । यसअघि हटर्याट्याकको सामना गरेका शाहको यो नियमित जाँच हो । उनी भोलि डिस्चार्ज हुने अस्पताल स्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया