+
Search

ताजा अपडेट +

पपुलर +

संसदमा निष्पक्ष भूमिकामा रहने जनागउँदै महावीर भन्छन्, “म राजनीतिज्ञ होइन, समाजसेवी हुँ”

शब्द-यात्रा
२०८२ चैत १९, बिहीबार

काठमाडौँ । स्वतन्त्र सांसद महावीर पुनले संसद्‌मा आफ्नो भूमिका सत्ता र प्रतिपक्षको सीमाभन्दा माथि उठेर निष्पक्ष रहने स्पष्ट पारेका छन्। बिहीबार संसद्को पहिलो बैठकलाई सम्बोधन गर्दै उनले आफू परम्परागत राजनीतिज्ञ नभई समाजसेवाको पृष्ठभूमिबाट आएको व्यक्ति भएको बताए।

उनले आफू सांसद बन्ने कल्पना कहिल्यै नगरेको उल्लेख गर्दै जेन–जी आन्दोलनपछि शिक्षामन्त्रीको रूपमा केही अध्यादेश ल्याउने प्रयास असफल भएपछि निर्वाचनमा उम्मेदवार बनेको जानकारी दिए। पुनले आफू अन्य सांसदभन्दा शैली र कार्यप्रणालीमा फरक रहेको पनि बताए।

“म एउटा फरक खालको सांसदका रूपमा यहाँ आएको छु। मेरो बोल्ने र काम गर्ने तरिका अलग छ, र म सबैसँग सहमत नहुन पनि सक्छु,” उनले भने, “म राजनीतिज्ञ होइन, समाजसेवी हुँ र सधैं त्यही रहनेछु।”

अमेरिकाबाट सन् २०४९ भदौमा नेपाल फर्किएपछि विगत ३३ वर्षदेखि निरन्तर समाजसेवामा संलग्न रहेको उल्लेख गर्दै उनले संसद्‌मा आफ्नो भूमिका निष्पक्ष र जनमुखी रहने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा