काठमाडौँ । कलाकार सागर लम्साल (बले)लाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी स्रोतका अनुसार उनलाई बूढानीलकण्ठ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
उनीमाथि बलात्कारको आरोप लागेपछि अनुसन्धानका लागि पक्राउ गरिएको जनाइएको छ।
अमेरिकामा बस्दै आएकी एक युवतीले शुक्रबार मात्रै सामाजिक सञ्जालमार्फत लम्सालमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन्।
उक्त आरोपको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रतिक्रिया