+
Search

ताजा अपडेट +

पपुलर +

गृहमन्त्री गुरुङ भन्छन्, ‘३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइएको रहेछ’

शब्द-यात्रा
२०८२ चैत २२, आइतबार

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले विगतमा प्रहरीलाई प्रभावकारी रूपमा काम गर्न नदिएको संकेत गरेका छन्।

पदभार ग्रहण गरेलगत्तै पक्राउ अभियानलाई तीव्रता दिएका उनले आइतबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्।

फेसबुक मा लेख्दै उनले ‘३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई नै लगाइएको रहेछ’ भन्दै टिप्पणी गरेका छन्। उनको यो भनाइले विगतमा कानुन कार्यान्वयन प्रक्रियामा अवरोध भएको संकेत गर्छ।

गृहमन्त्री नियुक्त भएकै रात केपी शर्मा ओली र रमेश लेखक पक्राउ परेका थिए। उनीहरू जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा नियन्त्रणमा लिइएका हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा