+
Search

ताजा अपडेट +

पपुलर +

प्रहरीले गोली चलाएर दुई जनालाई लियो नियन्त्रणमा

शब्द-यात्रा
२०८२ चैत २४, मंगलबार

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले गएराति काठमाडौं महानगरपालिका–९ पिङ्गलास्थानबाट गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ ।

करिब एक किलोभन्दा बढी लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।

विशेष सूचनाका आधारमा लागुऔषध कारोबारी पक्राउ गर्न खोज्दा प्रहरीले गोली चलाउनुपरेको बताइएको छ । त्यस क्रममा विहार मधुवनी जिल्ला घर भएका अन्दाजी ३०–३५ का अनिलकुमार पासवान गोली लागेर घाइते भएका छन् ।ु

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा