काठमाडौँ । भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको घटनामा नेपाल प्रहरीकी इन्स्पेक्टर बिनु शाहीले अदालतबाट सफाइ पाएकी छन् ।
उनलाई प्रतिवादी कायम गरेर सरकारी वकिलले उनीविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेकामा मंगलबार ललितपुर जिल्ला अदालतका न्यायाधीश ढाकाराम पौडेलले उनलाई सफाइ दिएका हुन् ।
इन्स्पेक्टर शाहीसहित सो प्रकरणमा जोडिएका भिमादेवी थापा, सुस्मा बिक, दर्शन पोखरेल र भैंसेपाटी प्रभागमा कार्यरत तत्कालीन सहायक हवलदार महेन्द्र हमालले सफाइ पाएका छन् ।
२०८१ असोजमा व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौं’ भन्दै हनिट्रयापमा पारेर घरजग्गा कारोबारीबाट सो समूहले ३० लाख असुलेको प्रहरीको अनुसन्धान निष्कर्ष थियो ।
प्रतिक्रिया