+
Search

ताजा अपडेट +

पपुलर +

मन्त्रीहरूलाई परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिताबारे जानकारी प्रदान

शब्द-यात्रा
२०८२ चैत २५, बुधबार

परराष्ट्र मन्त्रालयले ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’का सम्बन्धमा सरकारका सबै मन्त्रीहरूलाई जानकारी गराएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित कार्यक्रममा सबै मन्त्रीहरूलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रस्तुति दिएका हुन् ।

प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालका अनुसार सचिव राईले अन्तरराष्ट्रिय परिवेश, नेपालको अन्तरराष्ट्रिय सम्बन्ध, राष्ट्रिय हितको प्रवर्धन र नेपालको समग्र परराष्ट्र नीतिबारे विस्तृत प्रस्तुति दिएका थिए ।

सो क्रममा विदेशी पदाधिकारीहरूसँग हुने भेटवार्ताका क्रममा पालना गर्नुपर्ने सामान्य शिष्टाचारदेखि कूटनीतिक आचारसंहिताका अनिवार्य विषयमा समेत मन्त्रीहरूबीच प्रस्तुति प्रदान गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा