+
Search

ताजा अपडेट +

पपुलर +

हनी ट्र्याप प्रकरणमा इन्स्पेक्टर शाहीसहित पाँच जनाले पाए सफाइ

शब्द-यात्रा
२०८२ चैत २५, बुधबार

काठमाडौँ । हनी ट्र्यापमार्फत पैसा असुलेको आरोपमा पक्राउ परेकी प्रहरी निरीक्षक बिनुकुमारी शाहीसहित पाँच जनालाई अदालतले सफाइ दिएको छ।

जिल्ला अदालत ललितपुरका न्यायाधीश ढाकाराम पौडेलको इजलासले मंगलबार फैसला सुनाउँदै एक जनालाई दोषी ठहर गर्दै बाँकी पाँच जनालाई आरोपमुक्त गरेको हो।

जिल्ला प्रहरी परिसर ललितपुरले २०८१ मंसिर ९ गते आपराधिक लाभ लिएको अभियोगमा छ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। मुद्दामा प्रहरी निरीक्षक शाही, सुस्मा विश्वकर्मा, तजम्मुल इसलाम (ताजमूल), भीमादेवी थापा, महेन्द्र हमाल र दर्शन पोखरेललाई प्रतिवादी बनाइएको थियो। शाही र पोखरेल भने पछि मात्र अदालतमा उपस्थित भएका थिए।

अदालतले तजम्मुल इसलामलाई दोषी ठहर गर्दै एक वर्ष ६ महिना कैद र ३० हजार रुपैयाँ जरिवाना सजाय तोकेको छ।

संखुवासभा घर भई ललितपुरको सानागाउँ बस्दै आएका इन्द्रकुमार राईबाट हनी ट्र्यापमार्फत करिब ३० लाख रुपैयाँ असुलेको आरोपमा उनीहरू पक्राउ परेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा