+
Search

ताजा अपडेट +

पपुलर +

विश्व बैंकको प्रक्षेपण: नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत सीमित हुने

शब्द-यात्रा
२०८२ चैत २५, बुधबार

काठमाडौँ । विश्व बैंकले चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ।

प्रतिवेदनअनुसार मध्यपूर्वको द्वन्द्व, भदौको आन्दोलन, कृषि उत्पादनमा कमी र आपूर्ति शृङ्खलामा अवरोधले अर्थतन्त्र प्रभावित हुने देखिएको छ।

विश्व बैंकका निर्देशक डेभिड सिसले नेपालको आर्थिक सुधारका लागि व्यावसायिक वातावरण सुधार, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना प्रविधिमा प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्।

गत आवको ४.६ प्रतिशत वृद्धिदरको तुलनामा यस वर्ष वृद्धिदर घट्ने देखिएको छ। तर राजनीतिक स्थिरता र संरचनात्मक सुधारले निजी लगानीमा आत्मविश्वास बढाउन सक्ने प्रतिवेदनमा उल्लेख छ।

साथै, दक्षिण एसियामा आर्थिक वृद्धिदर ७ प्रतिशतबाट ६.३ प्रतिशतमा सीमित हुने विश्व बैंकले अनुमान गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा