+
Search

ताजा अपडेट +

पपुलर +

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

शब्द-यात्रा
२०८२ चैत २७, शुक्रबार

काठमाडौँ । नवनियुक्त दुई मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति निवास शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले गौरीकुमारी यादव र रामजी यादवलाई शपथ ग्रहण गराएका हुन्।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शुक्रबार नै उनीहरूलाई मन्त्री पदमा नियुक्त गरेका थिए। नियुक्तिअनुसार रामजी यादवले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् भने गौरीकुमारी यादवलाई मन्त्री बनाइएको छ।

यसअघि श्रम मन्त्रालय सम्हालिरहेका दीपक साहलाई प्रधानमन्त्री शाहले पदमुक्त गरेका थिए। उद्योग मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री शाहले हालसम्म आफैं सम्हाल्दै आएका छन्।

रामजी यादव सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् भने गौरीकुमारी यादव महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा