काठमाडौँ महानगरपालिकाले कर्मचारीलाई उपलब्ध गराएको सवारी साधनलाई आलोपालो चलाउने भएको छ ।
इन्धन कटौतीपछि महानगरले ‘कार पुलिङ’ कार्यक्रम कार्यान्वयनमा ल्याएको कार्यवाहक प्रमुख सुनिता डंगोलले बताएकी छन् ।
इन्धन अभावबाट सिर्जना भएको अवस्था र यसले दीर्घकालमा पार्न सक्ने नकारात्मक प्रभाव घटाउन यस्तो निर्णय गरिएको उनको भनाइ छ । यसो गर्दा कार्यालयमा आउने र जाने सवारी साधनको संख्या र इन्धनको प्रयोग घट्ने बताइएको छ । महानगरपालिकाले ४८ औं कार्यपालिका बैठकबाट इन्धन कोटामा कटौती गरिसकेको छ ।
प्रतिक्रिया