काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका लागि तटस्थ रहेर काम गर्ने बताएका छन् ।
उनले संविधान संशोधनका साथै नयाँ कानुन बनाउन सहजकर्ताका रूपमा आफूले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने बताए ।
‘विकास, समृद्धि र खुसी भन्ने कुरा एक दिन पनि ढिला नगरिकन पाउनुपर्छ भन्ने मेरो बुझाइ हो, त्यसकारण सबैले महसुस गर्ने गरी काम पूरा गर्नेछु’, उनले भने।
उनले बूढीगण्डकी जलाशययुक्त आयोजना कार्यान्वयनका लागि सरकारलाई निरन्तर जागरुक गराउने बताए।
प्रतिक्रिया