+
Search

ताजा अपडेट +

पपुलर +

गृहमन्त्री गुरुङसँग ४.३१ करोडको शेयर लगानी, धनकुटामा १९ रोपनी जग्गा

शब्द-यात्रा
२०८२ चैत २९, आइतबार

काठमाडौँ । सरकारद्वारा सार्वजनिक गरिएको मन्त्रीहरूको सम्पत्ति विवरणअनुसार गृहमन्त्री सुधन गुरुङको नाममा करोडौँ रुपैयाँ बराबरको शेयर लगानी र उल्लेख्य मात्रामा घरजग्गा रहेको देखिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणमा गुरुङको धितोपत्र बजारमा ठूलो लगानी रहेको उल्लेख छ। उनीसँग कुल ४ करोड ३१ लाख ५६ हजार २ सय रुपैयाँ बराबरको शेयर रहेको छ, जसमा धितोपत्र बजारमा कारोबार हुने विभिन्न कम्पनीहरूमा मात्रै २ करोड ७४ लाख ५६ हजार २ सय रुपैयाँ लगानी रहेको जनाइएको छ।

बैंक मौज्दाततर्फ लक्ष्मी सनराइज बैंकमा ५ लाख ३५ हजार र नबिल बैंकमा ५६ लाख २५ हजार रुपैयाँ जम्मा रहेको विवरणमा उल्लेख गरिएको छ।

जग्गाजमिनतर्फ गृहमन्त्री गुरुङको आफ्नै नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको छ। त्यस्तै, उनका पिता दिलबहादुर गुरुङको नाममा चितवनमा ३० कठ्ठा र बाजे रामसल गुरुङको नाममा गोरखाको चुमनुब्री क्षेत्रमा २२१ रोपनी जग्गा रहेको देखिएको छ।

सार्वजनिक विवरणअनुसार गुरुङसँग बहुमूल्य धातुको पनि उल्लेख्य सञ्चिति रहेको छ। उनले पैतृक सम्पत्तिका रूपमा ८९ तोला सुन र ६ किलो चाँदी रहेको जानकारी सरकारलाई दिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा