+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेस नेता दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

शब्द-यात्रा
२०८३ बैशाख २, बुधबार

काठमाडौँ । नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले यस्तो आदेश दिएको हो ।

खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ भएको थियो । सर्वोच्चले यस मुद्दाको पेसी भोलिका लागि तोकेको छ ।

‘निज निवेदकलाई हाल जे जुन अवस्थामा यथास्थितिमा राख्नू भनी विपक्षीहरूका नाममा थप आदेश समेत जारी गरिदिएको छ । नियमानुसार गर्नू ‘ आदेशमा उल्लेख छ । खड्कालाई प्रहरीले चैत १५ गते पक्राउ गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा