+
Search

ताजा अपडेट +

पपुलर +

सरकारले विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाएको भन्दै नेकपाले जनायो आपत्ति

शब्द-यात्रा
२०८३ बैशाख ६, आइतबार

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सरकारले विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने प्रयासलाई संविधानविपरीत भन्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको छ ।

पञ्चायती व्यवस्थाको समयमा समेत उपभोग गरिएको संगठित हुने अधिकार संघीय लोकतान्त्रिक गणतन्त्रमा खोस्ने प्रयास भएको भन्दै यसप्रति नेकपाले आपत्ति जनाएको हो ।

सरकारले विश्वविद्यालय परिसरलाई दलीय प्रभावमुक्त बनाउने निर्णय गरेसँगै विश्वविद्यालय समन्वय समितिले कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। सरकारले विश्वविद्यालय परिसरभित्र रहेका विद्यार्थी सङ्गठनका ब्यानर, झन्डा, भित्ते लेखनलगायतका सामग्री तुरुन्त हटाइने निर्णय गरेको हो।

ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयासले संवैधानिक अधिकार तथा अन्तरराष्ट्रिय सन्धि–सम्झौताको उल्लङ्घन हुने नेकपाको दाबी छ।

नेकपाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै देशका विभिन्न स्थानमा सुकुम्बासी परिवारहरूलाई उचित विकल्पविना उठिबास गराउने तथा झुप्रा भत्काउने कार्य गरेकोप्रति गम्भीर आपत्ति जनाएको छ । नेकपाले सरकारको यस कदमलाई अमानवीय’ भनेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा