पृथ्वी राजमार्गअन्तरगत चितवनको इच्छाकामना क्षेत्रमा आइतबार साँझ आएको हावाहुरी र असिनापानीले ७४ वटा सवारीसाधनमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चितवन प्रहरीका अनुसार साँझ ३५ मिनेट आएको हावाहुरी र असिनापानीले ५७ वटा कार, १५ वटा हाइस माइक्रोबस, एउटा मोटरसाइकल र एउटा ट्रकमा क्षति पुगेको हो ।
सबै क्षति इच्छाकामना गाउँपालिका अन्तरगतको वडा नम्बर ३, ४ र ५ मा रहेका पृथ्वी राजमार्ग क्षेत्रमा भएका हुन् ।
प्रतिक्रिया