काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा सोमबार दिउँसो सवा ४ बजेदेखि बैठक सुरु भएको हो ।
सचिवालय बैठकले गरेको निर्णय अनुमोदनसहित ९ बुँदे एजेन्डामाथि छलफल गर्न केन्द्रीय समिति बैठक बसेको हो । बैठकको मुख्य एजेन्डा केन्द्रीय समितिका पदाधिकारीहरूको मनोनयन र महाधिवेशन कार्यविधिको मस्यौदामाथिको छलफल रहेको छ ।
पार्टीका सांसद तथा गृहमन्त्री सुधन गुरुङको व्यवसायी दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको तथ्य बाहिरिएपछि त्यसबारे पनि छलफल हुने बताइएको छ ।
प्रतिक्रिया