काठमाडौँ । पाँचथरको हिलिहाङ गाउँपालिका–७ मा एक व्यक्तिले छिमेकीको हत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार ५२ वर्षीय धनप्रसाद यवाको हत्या भएको हो ।
बुधबार साँझ आपसी विवादका क्रममा धनप्रसादलाई छिमेकी ५४ वर्षीय हरिचन्द्र योक्पाङदेनले ढुंगा प्रहार गरेर हत्या गरेका हुन्।
टाउकोमा ढुंगाले हिर्काउँदा धनप्रसादको घटनास्थलै मृत्यु भएको प्रहरीले जनाएको छ। आरोपित हरिचन्द्रलाई प्रहरीले नियन्त्रणमा लिइएको छ।
प्रतिक्रिया