काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा चलेका सामाजिक सञ्जालहरू दर्ता नभएका कारण अनुसन्धानमा चुनौती देखिएको बताएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा महानिरीक्षक कार्कीले फेसबुक र इन्स्टाग्रामलगायत सामाजिक सञ्जालहरू नेपालमा दर्ता नभएकाले सामाजिक सञ्जालबाट आपत्तिजनक सामग्री हटाउने प्रक्रियामा स्पष्ट कानुनी व्यवस्था नहुँदा क्षति नियन्त्रणमा ढिलाइ हुने गरेको बताए ।
अहिले प्रहरी अधिकारीहरूले व्यक्तिगत सम्बन्धका आधारमा सामाजिक सञ्जाल प्रदायकसँग आवश्यक डाटा प्राप्त गरिरहेको उनको भनाइ छ ।
प्रतिक्रिया