काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिसभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाएर कमलादेवी पन्तलाई मनोनयन गरेको छ ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिटौलालाई हटाएर पन्तलाई मनोनयन गरेका हुन् । यस्तै प्रतिनिधिसभा संसदीय दलको उपनेतामा अभिषेक प्रताप शाह, मुख्य सचेतकमा बासना थापा र सचेतकमा निश्कल राई मनोनयन भएका छन् ।
हेर्नुहोस् कांग्रेसको प्रेस नोट
नेपाली कांग्रेस संसदीय दलका नेता माननीय भीष्मराज आङदेम्बेज्यूले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १२ (२ बमोजिम राष्ट्रिय सभा संसदीय दलको नेता पदमा माननीय कमला देवी पन्त, धारा ७ (१ बमोजिम प्रतिनिधि सभाका लागि उपनेतामा माननीय अभिषेक प्रताप शाह, धारा १३ (२) बमोजिम मुख्य सचेतकमा माननीय बासना थापा र धारा १३ (३ बमोजिम सचेतकमा माननीय निश्कल राईलाई मनोनयन गर्नुभएको छ ।
प्रतिक्रिया