+
Search

ताजा अपडेट +

पपुलर +

सरकारले राष्ट्रपतिसमक्ष फेरि पठायो थप तीन अध्यादेश

शब्द-यात्रा
२०८३ बैशाख १६, बुधबार

काठमाडौँ । मंगलबार दुई वटा अध्यादेश पठाएको सरकारले आज थप तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पठाएको छ।

सरकारले पठाएका तीन अध्यादेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश, केही नेपाल कानुन संशोधन गर्न बनेको अध्यादेश र विश्वविद्यालयसम्बन्धी अध्यादेश रहेको बताइएको छ ।

सरकारले मंगलबार पनि दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेश गरेको थियो। जसमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र सहकारी समस्यासम्बन्धी अध्यादेश रहेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा