काठमाडौँ । सरकारले सुकुमबासी बस्तीमा डोजर चलाएपछि उत्पन्न भएको समस्याको विषयमा गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले ध्यानाकर्षण गराएको छ ।
काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा रहेका सुकुमबासी तथा अव्यवस्थित बस्तीहरूमा भइरहेको जबरजस्ती निष्कासनको कार्यप्रति गम्भीर आपत्ति जनाएका हुन् ।
दुवै महासंघले बुधबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै मानवीय संवेदशीलता र कानुनी प्रक्रियालाई मिचेर गरिने यस्ता कार्य रोक्न माग गरेका हुन् ।
विज्ञप्तिमा काठमाडौँको थापाथली, मनोहरा र सिनामंगल क्षेत्रका नदी किनारामा रहेका बस्तीहरू हटाउन सुरक्षा निकायबाट भइरहेको ‘अस्वाभाविक सक्रियता’ र स्थानीय सरकारलाई दिइएको दबाबप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
प्रेस विज्ञप्तिमा हालै बर्दिया जिल्लामा नेपाली सेनाले स्थानीय सरकारलाई गरेको पत्राचार र प्रक्रियाप्रति पनि प्रश्न उठाइएको छ।
प्रतिक्रिया