+
Search

ताजा अपडेट +

पपुलर +

बालेन सरकारविरुद्ध सडकमा निस्कदै घनश्याम भुसाल नेतृत्वको नेकपा संयुक्त

शब्द-यात्रा
२०८३ बैशाख १९, शनिबार

काठमाडौँ । घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त)ले सरकारविरुद्ध सडकमा उत्रिने बताएको छ ।

संसद्लाई छलेर अध्यादेशद्वारा शासन गर्ने प्रवृत्ति र सुकुम्वासीहरूको घरमा डोजर चलाएर घरवारविहीन बनाएको विरोधमा नेकपा संयुक्तले माइतीघरमा प्रदर्शन गर्ने भएको हो ।

नेकपा संयुक्तका केन्द्रीय प्रचार विभाग दामोदर अर्यालले भने, ‘नवनिर्वाचित बालेन सरकारद्वारा संसद्लाई छलेर अध्यादेशद्वारा शासन गर्ने प्रवृत्ति र बर्खायामको सुरुआतमा सुकुम्वासीहरूको घरमा डोजर चलाएर घरवारविहीन बनाएकोमा हाम्रो पार्टी असहमति प्रकट गर्दछ ।’

सरकारलाई खबरदारी गर्न वैशाख २३ गते १ बजे माइतीघरमा जम्मा हुन लागेको उनले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा